गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ ।


विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।

विमानस्थल निर्माण आयोजना अन्तर्गत आईसीबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात क्यालिब्रेशन फ्लाइट गर्न लागिएको बताए ।उनले करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..