लागूऔषध सहित २ जना पक्राउ


बारा। बाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।


बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

लागूऔषध कोडीवेल एक सय एमएलको ११ पिस, ८ पत्ता नित्राजेपाम, नुफिन, फेनारगन र डाइजेपाम सुई पाँच/पाँच थान बरामद भएको उनले बताए ।उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..