रुपन्देहीबाट अवैध सामान बरामद

रुपन्देही । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२ लाख बराबरको १८८ जोर जुत्ता र १२९६ मिटर थान कपडासहित रुपन्देही सैनामैना नगरपालिका २ बस्ने २८ वर्षीय चालक कृष्ण थापालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै गाडीमा सवार भएका सैनामैना नगरपालिका २ बस्ने ४० वर्षीय तुलसी थारु पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी अनुसन्धानको क्रममा उक्त अबैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका ५ विकाशपथस्थित रहेको गोदाममा बाट पनि सामग्री बरामद गरेको छ ।


उक्त गोदाम भित्र अवैध रुपमा राखिएका ६१३४ जोर (३१ कार्टुन) विभिन्न किसिमका पुरुष तथा महिलाका जुत्ताहरु, ५२५० जोर विभिन्न किसिमका पुरुष तथा महिलाका चप्पलहरु र ३२५ जोर सेण्डिल गरी ७४ लाख ८ हजार ६ सय बराबरको सामग्री बरामद गरेको छ ।

उनीहरुलाई पिकअप गाडी र उक्त गोदामबाट बरामद सामान सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..