मन्दिर र नालाको जग्गामा प्रभु जलानको दादागिरी

जनकपुरधाम । जनकपुरधामस्थित भानु चोकमा मारवाडी समुदायको कुलदेवी रानीसत्ति माताको छ । यो मन्दिरको विषयको अधिकांश जनकपुरधामवासीलाई थाहा नहुन सक्छ । सो मन्दिरलाई लिएर दशकौँदेखि मारवाडी समुदाय भित्रै विवाद रहँदै आएको छ । मन्दिरको अधिकारको विषयलाई लिएर अहिले पनि मुद्दा मामिला चलिरहेको छ ।


मारवाडी समुदायकै एक जना राजेश जलान विद्रोहीले सो मन्दिर सार्वजनिक हुनु पर्ने माग अगाडी बढाएका छन् ।
विद्रोहीले आफ्नो बाजे शिवशंकर जलानले मन्दिर र श्रद्धालुहरुको वासका लागि यात्री निवास बनाउनका लागि १५ धूर जग्गा छुट्याएका थिए । जसमा उनका छोराहरु मधुसुदन जलान, सीताराम जलान, आनन्द जलान र प्रभु जलान कसैले पनि उपभोग नगर्न भनेको विद्रोहीले भने ।

त्यसपछि लगभग ३ दशक अगाडी त्यहाँ मन्दिरका साथै भौतिक संरचना निर्माण भएको बताए । त्यसपछि प्रभु जलानले मन्दिर सहित सो जग्गा नै कब्जा गरेको उनले आरोप लगाए । विद्रोहीका अनुसार सो मन्दिरलाई ट्रष्ट बनाउने आन्तरिक सहमति भएको तर मारवाडी समुदायमा भएको आन्तरिक सहमतिको सो पत्र समेत लुकाइएको उनले आरोप लगाए । सो सहमतिलाई लत्याउँदै प्रभु जलानले मन्दिर सहित जग्गा कब्जा गर्दै त्यहाँ २०५५ सालदेखि जलान वस्त्रालय नामक पसल संचालन गर्दै आईरहेको उनको आरोप छ ।


यता प्रभु जलानले सम्पूर्ण आरोपहरु निराधार रहेको दावी गरेका छन् । उनले व्यक्तिगत हाम्रो मन्दिर रहेको र यो कुलदेवी रहेकोले व्यक्तिगत रुपमा प्रयोग गर्दै आईरहेको बताए । प्रभुले मन्दिरमा पूजापाठ गर्नका लागि कसैलाई रोक नलगाइएको बताए ।


यसका साथै विद्रोहीले सो मन्दिरको जग्गाको छेउमै रहेको नाला समेत प्रभुले कब्जा गरेको आरोप लगाएका छन् । उनले ३ फिट ६ इन्चको सो नालामा स्लैव ढलान गरेर नालाको जग्गा समेत कब्जा गरि सकेको दावी गरे ।
सो नालामा निर्माण गरिएका भौतिक संरचना बिरुद्ध विद्रोहीले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..