मधेश सरकारको चार वर्षे उपलब्धि : प्रदेशको नामाकरणदेखि मोदी योगी भ्रमणसम्म

जनकपुरधाम । मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ ।

प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ ।
प्रदेशको निशाना छाप तथा स्थायी राजनीतिका संरचनाहरु निर्माणका लागि जग्गा पहिचान तथा संरचना निर्माणका लागि उच्च स्तरीय समितिसमेत गठन गरी कार्य अघि बढाएको सरकारले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यस्तै उसले चार वर्षे उपलब्धिको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पनि राखेको छ ।

यस अवधिमा प्रादेशिक स्वायततका लागि संघीय सरकारविरुद्ध ६ वटा मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको, हालसम्म ४४ वटा ऐन, ३ वटा नियमावली र ११ वटा कार्यविधि/मापदण्ड/निर्देशिकाहरु निर्माण भएको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी मधेश आन्दोलनका शहीद परिवारलाई ‘एक शहीद परिवार, एक रोजगार’ योजना अन्तर्गत २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको सरकारले आफ्नो उपलब्धिको सूचीमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..