लाखौं नक्कली नेपाली नोटसहित चारजना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बजारबाट नक्कली नेपाली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । १ हजार दरका दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्क्ली नोटसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट घर भइ नयाँ बजार बस्ने पृथ्वी प्रसाद साह, मोहम्मद मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम रहेका छन् । नयाँ बजारस्थित मेडिकल चोक एरियामा केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी खटिएको थियो ।

यसबारे अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..