सलमान खानसँगै सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डिज नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी बैशाख ३ गते दशरथ रंगशालामा हुने सांगितिक कार्यक्रममा सलमान खानसहितको कलाकार टोली नेपाल आउन लागेका हुन् ।


बलिउडका कलाकारहरुलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा ल्याउन लागेको जानकारी दिइएको छ । ओडीसीले बुधबार उनीहरुलाई भुक्तान गर्नुपर्ने रकममध्ये ४ करोड रुपैयाँ पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको पनि बताइएको छ ।


यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो । तर, आगामी बैशाख ३ गते भने सलमान खानसहितको टोली नेपाल आउने पक्का भएको छ ।सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..