माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको बैठक बोलाएको छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..