‘युरेनियम’ जस्तो धातुसहित आठजना पक्राउ


काठमाडौं । रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेससम्बद्ध ललितपुरका एक नेता पनि छन् ।


प्रहरी स्रोतका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।पक्राउ पर्ने अन्यमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् ।

घटनामा अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । हाल बरामद गरिएको धातुको परीक्षण रिपोर्ट आइसकेको छैन ।


यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..