इन्स्पेक्टर भुपेन्द्र गिरी बने सर्लाही जिल्लाकै उत्कृष्ट प्रहरी


सर्लाही । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरी माघ महिनामा सर्लाही जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीले मधेश प्रदेश (साविक २ नम्बर प्रदेश) दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भई ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत इन्स्पेक्टर गिरीको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।


इन्स्पेक्टर गिरीले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै फरार अभियुक्त पक्राउ गर्न तथा लागूऔषध नियन्त्रण गर्ने कार्यमा खेलेको अहम भूमिकाको उच्च मूल्यांकन गर्दै इन्स्पेक्टर गिरीलाई माघ महिनाको बेस्ट पोलिस अफ द मन्थद्वारा सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..