सिरहाबाट २८ केजी आगु औषध गाँजासहित तीनजना पक्राउ

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरीसहित तीन जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो ।

तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प ५२ १७ नम्बर र स ५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..