पर्यटन मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल, आले विरुद्ध षड्यन्त्र भइरहेको सचिवालयको दाबी

काठमाण्डाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उहाँले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

मन्त्री आलेले अश्लील शब्द प्रयोग गरे पछि उहाँको आलोचना  भइरहेको छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाउनुभएको छ । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवम् व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गनुभएको छ ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भइ अहिले भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा उहाँमाथि ब्ल्याकमेल गर्ने, उहाँलाई उत्तेजित गर्ने र त्यही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षड्यन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ ।

नेता आले समाजवादीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उहाँविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएकोप् भन्दै  सचिवालयले दुःख व्यक्त  गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..