याक एन्ड यति होटल बन्द गर्न काठमाडौं प्रशासनलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले याक एन्ड यति होटल लिमिटेड बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ। सोमबार मन्त्रालयले होटद बन्द गर्न आवश्यक कारबाहीका प्रशासनलाई पत्र पठाएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।


मन्त्रालयले प्रशासन कार्यालयलाई होटलको क्यासिनोको इजाजत पत्र रद्द गर्ने, पाँच तारा वर्गीकरण प्रमाणपत्र रद्द गर्नेलगायत निर्देशनसहितको पत्र आएको पौडेलले बताए।
‘याक एन्ड यति होटल लिमिटेड दरबारमार्ग काठमाडौंको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटल तथा क्यासिनो बन्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्तीहरू रोक्का राख्ने र बैंक तथा वित्तिय संस्थामा रहेका बैंक, खाता तथा वित्तिय कारोबार रोक्का राख्ने,’ उक्त पत्रमा भनिएको छ।


राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका थिए।
माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र वर्गीकरण प्रमाणपत्र रद्ध गरेको थियो। पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको थियो।

पत्राचार भएसँगै गृहले सोमबार काठमाडौं प्रशासनलाई पत्राचार गरेको हो। ‘आज पत्र आएको छ। कानुनी प्रक्रियाबारे छलफल गरेर हामी आवश्यक कारबाही गर्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने। मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो।पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लागायतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्ध गरेको बताएका थिए।

आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८/०७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा बुझाएका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..