महिलाको हत्या, छोरा पक्राउ


विराटनगर । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।


पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध कर्तज्यान मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..