लुटपाट गरेको आरोपमा दुई भारतीय युवक पक्राउ

बाँके । बाँके प्रहरीले चोरी र डकैती गरेको आरोपमा २ भारतीय युवकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई जानकी गाउँपालिका–५ बुढिया गाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको हो


पक्राउ परेका युवकहरूबाट १ थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि गत पुस २९ गते बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने परशुराम सार्कीको घरमा पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट गरेको आरोप लागेको छ ।


त्यस्तै माघ १७ गते उनीहरुले बाँके खजुरा गाउँपालिका डी गाउँ बस्ने हरिप्रकाश विकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी गरेको ईलाका प्रहरी कार्यालय खुद्रा खजुराले जनाएको छ । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दियाको बढैयाताल गाउँपालिका–५ नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..