नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ ।युएईसँग १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सफल भएको थियो ।


सुरुवात युएईले मध्यम खेल प्रदर्शन गरेपनि पछि चिराग सुरी र रोहन मुस्तफाको साझेदारीले नेपाललाई बलियो लक्ष्य दिन सफल भएको थियो ।२३ रनमा यूएईले पहिलो विकेट गुमाएको थियो । ओपनर मोहम्मद वासिमलाई साहब आलमले दिपेन्द्रसिंह ऐरीको हातबाट २२ रनमा आउट गराउन सफल भएका थिए । उनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।


नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

आरिफ शेख ११ रनमा आउट भए । लोकेशले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहन सफल भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..