एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन हुन लागेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आइतबारबाटै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..