राज्यको सम्पत्ति फिर्ता ल्याउन सकिँन भने एक सेकेन्ड पदमा बस्दिन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके पदमा एक सेकेन्ड पनि नबस्ने बताएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै अतिक्रमण भएका राज्यका सम्पत्ति फिर्ता ल्याउन नसके पदमा एक सेकेन्ड पनि नबस्ने बताएका हुन् ।

उनले भने, ‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु साथीहरुलाई यदि यो (सरकारी) प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौं भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । म बस्न पनि सक्दिनँ ।’

मन्त्री आलेले विगतदेखि अतिक्रमण हुँदै आएको जग्गा फिर्ता गर्ने उद्धेश्यका साथ हिँडिरहेको बताउँदै पदमा बसुन्जेल इमान्दारपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । साथै, कर्मचारीलाई उनले इमान्दारपूर्वक जिम्मेवारी निर्वाह गर्न पनि भने ।

मन्त्री आलेले अतिक्रमण भएका राज्यको सम्पत्ति फिर्ता ल्याउने जिम्मा सबैको भएको बताउँदै सबै सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे । उनले भने, ‘राज्यको सम्पत्ति दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौं ।’

सरकारी नियुक्ति पाएका कर्मचारीहरुले पदमा बसेर सेटिङ धन्दा चलाएको भेटेमा ठाउँको ठाउँ कारबाही गर्ने पनि चेतावनी दिए । मन्त्रीहरुसँग मिलेर नेपालका क्यासिनोहरुले विगतमा कर नतिर्ने गरेको भन्दै त्यसतर्फ लागिपरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..