नारायणघाट–बुटवल सडक बिस्तार : तोकिएभन्दा पाँच सय गुण बढी रुख काटियो


बढी रुख काट्नेमाथि छानविन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न स्वीकृत दिनेमाथि १५ छानविन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले छिमेकी राष्ट्रहरुबाट नेपाल प्रवेश गर्ने ठूला मालबाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालबस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका क्रममा देखिएका भुक्तानी समस्या समाधान गर्न पनि निर्देशन दिएको उनले बताइन् । बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवले मुआव्जाका बिषयमा समय देखिदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताइन् ।

मुलुक संघीयतामा गइसकेपछि सडक निर्माणका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । त्यस्तै सांसदहरुले आयोजनाहरु सम्पन्न नहुँदा लागत बढेको भन्दै राज्यले गम्भीर भएर देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताए ।
दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ ।प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।

बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए ।


उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..