हत्या आरोपमा ‘अघोरी बाबा’ पक्राउ

काठमाडौं । आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन् । नाम, ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।


अघोरीले गत बिहीबार साँझ बोल्न नसक्ने, हालसम्म नामथर र ठेगाना नखुलेको अन्दाजी ४० बर्षको एक पुरुषलाई दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।


उक्त सूचनाप्राप्त खटिएको इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ पठाइएको र थप उपचारको लागि वीर अस्पतालमा रिफर गरिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार घाइते भएका उनको हिजो वीर अस्पतालमा निधन भएको थियो ।

घटनामा संलग्न रहेका अघोरीलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..