आँखा चिम्लिएर एमसिसी पास गर्न सकिँदैन, केही बुँदाहरु स्पष्ट पारिनु पर्दछ : अध्यक्ष माधव नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी आँखा चिम्लिएर पास गर्न नसकिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै एमसिसीबारे जनतालाई पहिला स्पष्ट पार्नुपर्ने बताए ।

उनले भने, ‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन। हाम्रो पार्टीले जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी पास गर्ने पक्षमा छैन।’

उनले एमसिसीबारे प्रष्ट हुनुपर्ने ७ बुँदाहरु पनि प्रस्तुत गरेका थिए । उक्त बुँदाहरु प्रष्ट नभइ एमसिसी पास गर्न नसकिने अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘एमसिसी अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?, एमसिसी इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?, निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमताअनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन ?, एमसिसीसँग जोडिएको कानूनको बारेमा प्रष्ट धारणा आउनुपर्ने या नयाँ–नयाँ कानून बनाउँदै आफूखुसी नभई नेपालको हित हुन सक्छ कि सक्दैन ? एमसिसीको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ? र त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन भन्ने कुराको निर्क्यौल गरिनु पर्दछ।’

पछिल्लो समयको एमसिसी विवादको समाधान तत्काल फिर्ता लैजानुभन्दा समयअवधि थपिनु पर्ने उनले बताएका छन् । तत्काल एमसिसी पास हुनु नहुने तर समय पछि धकेलेर अध्यायन गरेर निर्णय लिनुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

एमसिसीका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ । सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा कुनैपनि हालतमा एमसिसी पास गर्न नहुने पक्षमा रहेको छ । उता सत्ताको नेतृत्व सम्हालिरहेको नेपाली काँग्रेस भने जसरी पनि एमसिसी पास गर्नुपर्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..