हामी तीनै तहको निर्वाचनमा बहुमत ल्याउछौँ, ठाउँ छ भने भागे हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।

एमालेले थालेकाे स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताए ।

हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको आरोपसमेत लगाएका छन् ।

‘एमालेको बर्चश्वले यीनीहरुलाई बिझाइरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘आउँदो निर्वाचनमा बहुमत जित्छौ। के गर्लान् विचराहरु ?’

उनल एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए भाग्न ठाउँ खोज्न चेतावनीसमेत दिए ।

उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’

त्यस्तैगरी उनले बिगतको जसरी निर्वाचनमा धाँधली गरेर जित्छु भन्ने कसैले नसोच्न समेत चेतावनी दिए ।

उनले भने, ‘कसैले मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ। अबको निर्वाचन त्यो प्रकारको रहन्न ।’

नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षणको कार्यक्रमहरु थालनी गरेको छ । उक्त कार्यक्रमको अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..