राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति वाइडनबीच टेलिफोन वार्ता हुँदै

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।

‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। पेस्कोभले जोड दिए कि अनुरोधको अघि अमेरिकी पक्षबाट लिखित अपील गरिएको थियो।’

यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच, अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गर्नुभएको छ।

‘हामी यस बिन्दुमा स्पष्ट हुन चाहन्छौं। युक्रेनमा रहेका कुनै पनि अमेरिकीले जतिसक्दो चाँडो र कुनै पनि अवस्थामा अर्को २४ देखि ४८ घण्टा भित्र युक्रेन छोड्नुपर्छ,’ सिएनएनका अनुसार सुलिवानले बताउँनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..