होटल याक एण्ड यतीले भन्यो,वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण’

काठमाडौं । होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।


उक्त निर्णय फिर्ता नभए कानूनी उपचारमा जाने उसले जनाएको छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए । क्यासिनो सञ्चालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एण्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको उनले बताए ।

कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा सञ्चालित क्यासिनो इजाजत–पत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमति–पत्र खारेज भएको दाबी गरे ।

२०७१ मै इजाजत–पत्र खारेज भएपछि होटल याक एण्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गरेका छन् । क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो ।होटल र क्यासिनो फरकफरक मुद्दा भएको र तर निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराइएको याक यण्ड यतीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..