तुलसीपुरको जुत्ताचप्पल गोदाम आगलागी अपडेट : ५ जनाको मृत्यु

दाङ।दाङको तुलसीपुरमा रहेको इरम फुटवेय जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ ।


बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।


चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे हाे ।राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..