लम्बोदर न्यौपाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । त्यसैगरी कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग छ ।


उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईमाथि दुई करोेड ७९ लाख र सूर्यबहादुर केसी (दिवंगत) माथि दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेमाथि दुई करोड ४३ लाख र दीपक भट्टराई (दिवंगत) माथि ३६ लाख ५९ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग छ । विभागले मृत्यु भएका दुवैजनाको परिवारका सदस्यलाई प्रतिवादी बनाई सम्पत्ति जफतको माग दावी छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको घटना नेपाल इञ्जिनियरिङ कलेजसँग सम्बन्धित हो । कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदर न्यौपाने विरुद्ध मुद्दा परेको थियो । न्यौपाने यसअघि ठगी मुद्दामा समेत मुछिइसकेका छन् । उनी विरुद्धको मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ ।
न्यौपानेले दिएको घुस लिएको कारण नै अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको थियो ।

इञ्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने भन्दै पाठकले अर्का व्यक्तिमार्फत दुई पटकमा ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएको थियो ।त्यो रकम कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेले दिएका थिए । न्यौपाले विरुद्ध विशेष अदालतमा समेत घुस खुवाएको आरोपको मुद्दा विचाराधीन छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..