चोरी भएको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ती गोदावरीमा भेटियो

ललितपुर । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट ९ माघमा चोरी भएको मूर्ति गोदावरीमा बोरामा राखेको अवस्थामा फेला परेको छ । चोरी भएको मूर्ती खोज्न ललितपुर प्रहरीले विशेष टोली बनाएको थियो । भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले समेत अनुसन्धान गरिरहेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धीविक्रम शाहले सुनाकोठीबाट हराएको मूर्ती शुक्रबार बिहान गोदावरीमा भेटिएको बताए । उनले बोरामा राखेको अवस्थामा मूर्ती बेवारिसे भेटिएको बताए । ‘मूर्ती भेटिएको छ, प्रहरीले थप अनुसन्धान गरिरहेको छ,’ एसपी शाहले भने ।


मूर्तिको बारेमा सूचना दिने, पत्ता लगाउने, सुराकी दिने वा भेटाउने व्यक्तिलाई यहाँको गुठीले पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको यसअघि गरेको थियो ।वर्षौं पुरानो मूर्ति दुई फिट अग्लो र २५ केजी तौलको थियो । मूर्तिमा सुनका गहना पनि थिए । त्यही गहनाको लोभमा मूर्ति चोरी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..