स्थानीय निर्वाचन रोक्न सर्वाेच्चमा मेयरले दिएको रिट निवेदन दरपीठ


काठमाडौं । मन्त्रिपरिषद्को बैठले आगामी वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दरपीठ भएको छ ।बुधबार महोत्तरी भंगहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार साहले पाँच वर्षे कार्यकाल नपुगेको भन्दै मन्त्रिपरिषद्को निर्णय खारेज गर्न दिएको रिट सर्वाेच्चले दर्ता गर्न अयोग्य भएको भन्दै दरपीठको आदेश दिएको हो ।

सर्वाेच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले उक्त निवेदन दर्ता गर्न अयोग्य रहेको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावन रहेको भनी विनाआधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वाेच्च अदालतमा नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरि दिइएको छ । कानुन बमोजिम गर्नु ।’

मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा पाँच वर्ष कार्यकाल पूरा नहुने भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..