स्रोत नखुलेको नगदसहित ढुङ्गाना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गानालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ढुङ्गानासँग प्रहरीले रु एक हजारका दरको पाँच हजार ७३४ थान, रु ५०० दरको दुई हजार ५३० थान, ल्यापटप ब्याग एक थान र साइड ब्याग एक थान बरामद गरेको छ ।उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..