महानिर्देशक ६ महिनामै सरुवा
उपसचिवमा ३० बढुवा सिफारिस

काठमाडाैं । अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरिएको छ । बजेट महाशाखाका प्रमुख भूपाल बराललाई राजस्व ब्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी भर्खरै अर्थमन्त्रालयमा सरुवा भएका चक्र बुढालाई दिइएको छ ।राजस्व ब्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल सचिवमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा बराललाई पठाइएको छ ।


भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा ६ महिना पनि नपुग्दै सरुवा भएका छन् । उनलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशक सहसचिव कमलप्रसाद भट्टराईलाई बनाउने भएका छन् । भट्टराई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सचिवबाट २०७८ पुस ७ मा अर्थमन्त्रालयमा सरुवा भएका थिए ।

माओवादी केन्द्रका तर्फबाट २०७३ मा सामान्य प्रशासन मन्त्री भएकी रेखा शर्माको कार्यकालमा उनी हङकङको महाबाणिज्यदूत भएका थिए । पूर्वतिरै घर भएकाले योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनी उनका निकट भएर काम गरेका थिए । पर्यटन मन्त्रालयमै भएको बेला उनको सरुवा एक नम्बर प्रदेशमा भएको थियो । तर उनी एक नम्बर प्रदेशको सरुवा बदर गराउन लागे । तर बदर नभएपछि निकै समय गुजारेर मात्र गएका थिए ।

अर्थमन्त्रालयमा आएको डेढ महिनाभित्रै उनलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्यको सुुदूर पश्चिम प्रदेशमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्यायं), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन् ।त्यस्तै, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा परेका छन् ।

बढुवामा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..