ट्रक दुर्घटनाबाट चालकको मृत्यु


संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका ९ कत्ले भञ्ज्यांङ नजिक सभाखोलाको पुलमा ट्रक दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।

हिजो बेलुका साँझ साढे ६ बजे खाँदबारीबाट सभाखोला तर्फ जाँदै गरेको प्र २-०३-००१ ख ४३० नमबरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट घाईते भएका ट्रक चालक गोरखा का २४ बर्षीय मिलन मग्रातीलाई उद्धार गरि उपचारको लागी मनकामना हस्पिटल तुम्लिङटार पठाईएको थियो । घाईते मग्रातीको सोही अस्पतालमानै हिजै राती पौने ८ बजे उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रकमा सवार सह-चालक सिन्धुपाल्चोक बाह्रबिसे का १९ बर्षीय सुजन तामाङ भने सामान्य रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..