राजाले पछाडिबाट छुरा हाने,अब राजतन्त्रको एजेण्डा बोक्न सकिँदैन : पूर्वअध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापाले अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने बताएका छन् ।

मंगलबार गृह नगर हेटौंडा पुगेर थापाले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोक्न नसकिने बताएका हुन् ।उनले भने, ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ ।

मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’आफूले नै हुर्काएको राप्रपाबाट अलग अन्ततः अलग भएका थापा नयाँ दल खोल्ने तयारीमा गृहजिल्लातिर निस्केका थापाले पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको पनि दोहोर्‍याए ।

पूर्वअध्यक्ष थापाले आफूलाई राजाले पछाडिबाट छुरा हानेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..