प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारीमा जान श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सबै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका बिभिन्न निकाय र सम्बन्धित कम्पनीमा विषयमा बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव दिएका हुन् ।


भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उनले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए । उनले युएईमा नै गएर नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिने जानकारी दिए । उनले हजारौ नेपालीहरु अलपत्र परेको सूचना आएको भन्दै यस बिषयमा मन्त्रालय गम्भीर रहेको बताए ।


छलफलका क्रममा युएईबाट फर्केका पीडितहरुले म्यानपावरलाई भने बमोजिमको पैसा दिदा पनि आफूहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए । युएईमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् ।टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो ।

युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..