कांग्रेसद्वारा आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार

काठमाडौं । नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो ।


कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिए । पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका विषयमा पार्टी सभापति शेर बहादुर देउवासंग छलफल हुने र अन्तिम रुप दिने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । उनले पार्टी सभापतिसंग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताए ।

कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..