विइङ ह्युम्यानका सञ्चालकलाई औषधि विभागले समात्यो


काठमाडौं । बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लोथिङ स्टोर बिइङ ह्युम्यानको आवरणमा अवैध गतिविधिमा संलग्न भएको अभियोग लागेका सन्तोषचन्द्र बख्रेललाई धरौटीमा छाड्न आदेश भएको छ ।


राजश्व अनुसन्धान विभागले बख्रेललाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।विभागले उनीसँगै पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शैलेश पन्त र नारायणप्रसाद घिमिरेलाई चाहिँ ६ लाख रुपैयाँ धरौटी मागिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले चार जनालाई राजश्व छलिको मदिरासहित काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई १४ माघमा पक्राउ गरेको थियो । पछि बख्रेलको गोदाममा छापा मारेर प्रहरीले अवैध सुर्तीजन्य पदार्थ र कस्मेटिक सामग्रीहरु बरामद गरेको थियो ।
महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरका अनुसार विभागले धरौटीमा छाड्न आदेश दिएसँगै चारै जनालाई थुनामुक्त गरिएको छ ।

तर बख्रेलको हकमा औषधि व्यवस्था विभागमा पनि अर्को मुद्दा भएकाले त्यता बुझाइएको छ ।‘लागूऔषध नियन्त्रण ब्यूरोसँग संयुक्तरुपमा चलाइएको अपरेशनमा प्रतिबन्धित औषधि पनि बरामद भएको थियो’ कुँवरले भने, ‘त्यसैले आवश्यक कानूनी प्रक्रियाका लागि विभाग पठाएका थियौं ।’ विभागले बख्रेलविरुद्ध ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..