जब प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेपछि…


जनकपुर। आफूलाई नेपाल प्रहरीको ‘क्राइम ब्रान्च’को मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर भागेको आरोपमा एक युवक धनुषाबाट समातिएका छन् ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ थमौनाका १९ वर्षीय टीका यादव छन् ।


यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाइकल चोरीको हो र अनुसन्धान गर्न प्रहरी कार्यालय लैजानुपर्छ भनेर प्रदेश-२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनले मोटरसाइकल धनीलाई डर त्रास देखाएर २३ माघमा उक्त मोटरसाइकल लगेको बताए ।उक्त घटनाको अनुसन्धान गर्ने क्रममा मंगलबार यादवलाई पक्राउ गरिएको र उनीविरुद्ध चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..