राष्ट्र उत्थान लघुवित्तको सेयर फागुन ४ बाट,सर्वसाधारणलाई ७ लाख ९४ हजार ५०० कित्ता छुट्याइयो

काठमाडौं। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ। कम्पनीले फागुन ८ गतेसम्म सेयर बिक्री गर्ने तालिका बनाएको छ।


कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। यसमध्ये ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ। कम्पनीले कर्मचारीलाई १३ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणले पाउने छन्।


कम्पनीले जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..