मुर्ति सेलाउनजांदा रौतहटमा झडप

रौतहट । रौतहटको दक्षिणीभेगमा ईशनाथ नगरपालिकामा सरस्वतीको मुर्ति सेलाउन जांदा झडप भएको छ ।ईशनाथ ५ लक्षमिनिया गाउँमा विद्यार्थीहरुले सरस्वतीको मुर्ति सेलाउन जांदा मुस्लिम समुदायका महिलाहरुले अवरोध गरेपछि झडप भएको हो।महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरी लाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।


सरस्वतीको मुर्ति सेलाउने क्रममा २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहिको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।छलफलमा मुर्ति लिएर मदर्साको अगाडि बाट जांदा बाजा नबजाउन भएको सहमति अनुसारनै जांदा केहि महिलाले अवरोध गरि प्रहरी माथि ढुंगामुढा गरेको एसपी घिमिरेले जानकारी गराएका छन ।

केहिसमय अघि महिलाहरुले गरेको अवरोध हटाएर मुर्ति सेलाउन पठाईएको छ । उक्त क्षेत्रमा कुनै अप्रीय नहोस भनेर सिडियो शाही, एसपी घिमिरेका साथै ब्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हाल ईशनाथ नगरपालिका तथा आसपासको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भारत र नेपालको सिमाना जोडिएको उक्त क्षेत्रमा प्रत्येक बर्ष हिन्दुहरुले मनाउने सरस्वती पुजा र झण्डी पुजामा लामोसमय देखि बिवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..