राप्रपा अध्यक्ष लिङदेनले भने, ‘पार्टीभित्र कसैको पनि असन्तुष्टि छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् ।


आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र एकताबद्ध बनाउदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् ।


उनले निवर्तमान अध्यक्ष कमल थापासंग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाडैं टुङ्गोमा पु¥याइने धारणा राखे । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने भन्दै उनले चाडै सकारात्मक सन्देश प्रभाह गर्ने बताए ।

अध्यक्ष लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..