बालुवाटारमा प्रम देउवा-प्रचण्ड-ओलीबीच भेटवार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय नेताहरुबीच भेटवार्ता सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

भेटवार्तामा तीन नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि एमाले अध्यक्ष ओली पहिलोपटक प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।


भेटवार्तामा तीन नेतासँगै एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..