प्रदेश-१ मा मन्त्रिपरिषद बिस्तार आज:प्रतापप्रकाश हाङ्गाम पनि मन्त्री बन्दै, अरु को-को ?

विराटनगर । मन्त्रालय फुटाएर भागबण्डा गरिएको प्रदेश १ मा आज मन्त्रिपरिषद बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी मन्त्रीहरु नियुक्त गर्ने बताइएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार आज ११ बजे नयाँ मन्त्रीहरुको नियुक्ति हुनेछ । नवनियुक्त मन्त्रिहरुको सपथसमेत आजै हुने तयारी भइरहेको छ ।

पाँच दलीय गठबन्धनको सरकारमा मन्त्रालय फुटाएरै भागबन्डा मिलान गर्ने सहमति भएअनुसा मन्त्रिहरुको व्यवस्थपान गर्न लागिएको हो ।

गएको आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सातबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो ।
आज मन्त्री बन्नेहरुमा काँग्रेसबाट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा मन्त्री हुँदैछन् । जो सभापति शेरबहादुर देउवानिकट हुन् । त्यस्तै कृष्णप्रसाद सिटौलानिकटबाट पनि ओमप्रकाश सरावगी बन्त्री बन्ने पक्का भएका छन् । थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने निश्चित भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने पक्का भइसकेको छ ।

नेकपा एकीकृत समाजवादीबाट ३ मन्त्री थपिने भएका छन् । जसमा खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने पक्का भएको छ ।

हाल प्रदेश १ मा एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..