लागूऔषधसहित एक पक्राउ

मकवानपुर । लागूऔषध कारोबारमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमायाँ खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

उनका अनुसार, खत्रीको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेको छ । पक्राउ परेका खत्रीमाथि आवश्यक अनुसन्धान गर्नाका साथै उक्त घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..