लागूऔषधसहित एक पक्राउ

मकवानपुर । लागूऔषध कारोबारमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमायाँ खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

उनका अनुसार, खत्रीको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेको छ । पक्राउ परेका खत्रीमाथि आवश्यक अनुसन्धान गर्नाका साथै उक्त घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..