बाँके । गए राती बाँकेको प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्लाको नेपालगन्ज उपमहानगर पालिका –१ शिव मन्दिर स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई पक्राउ गरिएको हो ।
प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको त्यस प्रहरी कार्यालयले जानकारी दिएको छ ।


