गाजासहित बोलेरो चालक नियन्त्रणमा

महोत्तरी ।इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा शुक्रबार साझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिवास-३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा१२च ३९५५ नम्बरको बोलेरोको पछाडीको हुटमा लुकाएर ल्याएको उक्त गाजासहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो साखा बिरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो ।

बोलेरोसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।बोलेरोको हुडमा कालो प्लाष्टिकले छोपेर ल्याएको आठ पोका गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुले तौलिँदा उक्त गाजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..