ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावरका सञ्चालक भीम गुरुङ पक्राउ

काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् । सरकारले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो । युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

मंगलबार ठगिएका युवासहित कार्यालयमा पुगेका युट्युबर र सामाजिक अभियन्ता बताउने युवाहरु उनको म्यानपावर कम्पनीमा कुटिएका थिए। कुटपिटबाट मेचिङ नेपाल च्यानलका दिपेशराज पाण्डे, हरिप्रसाद पाठक र अर्का युवा दशरथ भण्डारी घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । यसअघि कुटपिटबाट घाइते भएका व्यक्तिका आफन्त महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पुगे पनि वृत्तले उजुरी लिन नमानेको उनीहरुको गुनासो छ ।

वृत्तका डीएसी प्रमेश विष्टले म्यानपावर सञ्चालकलाई बचाउन खोजेको उनीहरुको आरोप छ । म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीहरु आक्रमणमा परेका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ । ब्यूरोले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..