मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ


वीरगञ्ज । मोटरसाइकल चोरी गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीय महम्मद अली पक्राउ परेका हुन् ।

मंगलबार राति १०ः२५ बजे वीरगञ्ज महानगरपालिका-१५ भिस्वा चोकबाट अलीले मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । बाराको फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।


लक तोडेर मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिस्वाडाडाँबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार उनी विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..