मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन : हिंसात्मक अभिव्यक्ति नदिनू

काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो।’


माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।मन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले केन्द्रीय कार्यालयमा बोलाएको थियो ।

त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..