पशुपतिको जग्गामा बनेका संरचना भत्काउन सूचना

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ सुरूको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दाबी गर्छन्।


कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उनी बताउँछन्।
तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का स्थायी बासिन्दा छन्। उनको दुप्चेश्वरमा गोसाइँकुण्ड गुठीका नाममा १७ रोपनी जग्गा छ।


श्रेष्ठले आफ्नै जग्गा भनी आफूलाई राखेको तामाङ दाबी गर्छन्। श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा सो वडाको सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रूपमा कार्यरत छन्।वडा सदस्य श्रेष्ठ भने तामाङ बसेको जग्गा आफ्नो नभई पर्ति जग्गा भएको बताउँछन्। पर्ति जग्गा सरकारले कोषलाई भोगाधिकार मात्र दिएको वडा सदस्य श्रेष्ठको दाबी छ।‘त्यहाँ मेरा नाममा सात टहरा छन्, मोही र तल्सिङ दुवै गरी १४ रोपनी जग्गा थियो, त्यसमध्ये केही जग्गा सेलिब्रेसन को–एड स्कुललाई पनि बेचेका छौं’, उनले भने।


कोषका नाममा स्रेस्ता पुर्जा कायम रहेको जग्गा अतिक्रमण हुने क्रम बढ्न थालेपछि सार्वजनिक सूचना जारी गरी घर टहरा भत्काउन १५ दिने सूचनासहित आह्वान गरिएको छ।कोषले बुधबार सार्वजनिक सूचना जारी गरी जग्गा अतिक्रमण गरेर निर्माण भएका साविक गोठाटार गाविस–३ (क) कित्ता नं. ५९, ८४, साविकको गोठाटार गाविस–४ (क) कित्ता नं. ८० का जग्गा केही व्यक्तिले अतिक्रमण गरी छाप्रा बनाएर बसेको सूचनामा उल्लेख छ। कोषले यसअघि पनि पटकपटक अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशन गरे पनि अतिक्रमणकारीले टेरेका छैनन्।

अतिक्रमणकारीलाई आफैं अतिक्रमित जग्गामा बनेका टहरा भत्काउन कोषले बुधबारदेखि १५ दिनको म्याद दिएको छ।पन्ध्र दिनभित्र अतिक्रमणकारी स्वयंले नभत्काएमा कानुनअनुसार कोषले नै टहरा भत्काउने भएको छ। कोषले नै टहरा भत्काउँदा सामानको क्षति हुन गएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..