बलात्कारपछि हत्यामा संलग्न ३ जनालाई जीवित रहेसम्म कैद


हेटौंडा । तेस्रोलिङ्गी एक युवतीलाई दुई वर्षअघि जबर्जस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । हत्याको घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौडा उपमहानगरपालिका–११ घर भई हेटौडा—१० मा बस्दै आएकी २९ वर्षीया तेस्रो लिङ्गी युवतीको जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको हो ।


हत्या गरेर धनमाल डकैती गरेको अभियोगमा जनही ९ वर्ष कैद र ९० हजार जरिवाना गर्ने फैसला गरेको छ । अदालतले पीडित परिवारलाई ६ महिनाभित्र तीन जनाबाट जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।

घटनामा संलग्न रहेका हेटांैडा उपमहानगरपालिका–९ का सिमोन परियारलाई हत्या र डकैतीमा गरी १३ वर्ष कैद गर्ने फैसला गर्नुको साथै ९० हजार जरिवाना गर्ने आदेश गरेको छ । परियार मृतकको शव लुकाउने काममा सहयोग गर्नुको साथै मोवाइल र सुनको सिक्री लुटने कार्यमा संलग्न रहेका थिए । परियारबाट पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि भएको निमित्त स्रेस्तेदार अमृत घिमिरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..