बालिका मृत्यु प्रकरणमा झारफुक गर्ने महिला जेल चलान


काठमाडौं । काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।


बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए ।


४८ वर्षीया ठकुरीले काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आएकी थिइन् । उनको घरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ कि १४ वर्षीया बालिका बेहोस अवस्थामा २४ पुसमा फेला परेकी थिइन् ।

बेहोस अवस्थामा बालिकालाई उद्दार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..